Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

घुस असुलीको आरोप लागेपछि सप्तरीका एसपीको सरुवा, छानबिन समिति गठन

घुस असुलीको आरोप लागेपछि सप्तरीका एसपीको सरुवा, छानबिन समिति गठन

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडालाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

उनीमाथि आर्थिक विषयमा आचरणविपरित कार्य गरेको गुनासो आएपछि प्रहरी मुख्यालयले उनलाई तत्काल सप्तरी प्रमुखबाट हटाउँदै सरुवा गरेको हो ।

मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुरवेदीका अनुसार खतिवडामाथि गम्भीर प्रश्न उठेपछि उनीमाथि प्रारम्भिक छानबिन सुरु गरिएको छ।

छानबिनका लागि नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।

खतिवडाको सरुवासँगै सप्तरी प्रहरी प्रमुखको जिम्मेवारी एसपी गौतम केसीलाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077