Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

शौचालयको बहाना बनाएर अदालतबाटै कैदी फरार, प्रहरी तनावमा

शौचालयको बहाना बनाएर अदालतबाटै कैदी फरार, प्रहरी तनावमा

सोमवार , आषाढ ९, २०८२

मोरङ । चेक अनादर मुद्दामा दुई वर्ष कैद सजाय पाएका मोरङका विजयशंकर झा प्रहरीको सुरक्षामा रहेका बेला मोरङ जिल्ला अदालत परिसरबाटै फरार भएका छन् ।

उनलाई प्रहरीले लामो समयपछि सुनसरीको दुहबीबाट पक्राउ गरी आइतबार सजाय कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ ल्याएको थियो । तर अदालतमा बुझाउने क्रममा उनले शौचालय जाने बहाना बनाएर प्रहरीको आँखा छल्दै भाग्न सफल भएका हुन् ।

मोरङका प्रहरीका अनुसार झा लामो समयदेखि अदालतको फैसला कार्यान्वयन हुन नदिई फरार रहँदै आएका थिए। अदालतले उनलाई दुई वर्ष कैद सजाय तोकेको थियो ।

मोरङ प्रहरीका प्रमुख एसपी नारायण चिमोरियाले घटना पुष्टि गर्दै फरार अभियुक्तको खोजी तीव्र पारिएको जानकारी दिए ।यस घटनाले अदालत परिसरभित्रै सुरक्षाको चुनौती र प्रहरीको लापरवाहीतर्फ प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077