Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सशस्त्र प्रहरीका डीआईजीद्वय धौवजी र न्यौपानेको पदावधि थपियो

सशस्त्र प्रहरीका डीआईजीद्वय धौवजी र न्यौपानेको पदावधि थपियो

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको उमेर ५६ वर्ष र सेवाअवधि ३० वर्ष ननाघ्नेगरी पदावधि थप गर्ने निर्णय गरेको हो ।

थपिएको पदावधि अनुसार धवौजीको कार्यकाल २०८२ असोज २४ गतेसम्म रहनेछ भने न्यौपानेको २०८२ माघ २९ गतेसम्म रहनेछ ।

यही असार २९ गते डीआईजीको चार वर्षे पदावधि पूरा हुने भएपछि अर्को एक वर्ष पदावधि थप गर्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077