Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

इरानको कमजोर जवाफप्रति ट्रम्पको व्यंग्य - झोंक फालिसके, अब घृणा नहोस्

इरानको कमजोर जवाफप्रति ट्रम्पको व्यंग्य - झोंक फालिसके, अब घृणा नहोस्

मंगलवार , आषाढ १०, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारस्थित अमेरिकी सैन्य वेसमाथि इरानी मिसाइल आक्रमणअघि पूर्वसूचना दिएकोप्रति इरानलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल ट्रुथमार्फत उनले इरानको जवाफलाई ूएकदमै कमजोरू भन्दै व्यंग्य पनि गरे ।

उनले भने, “१४ मध्ये १३ वटा मिसाइल अमेरिकी पक्षले रोक्न सफल भयो । कुनै पनि अमेरिकीलाई चोटपटक पुगेको छैन, र झण्डै कुनै क्षति पनि भएको छैन।”

ट्रम्पका अनुसार, इरानी आक्रमणले कतारी र अमेरिकी जनशक्तिमा क्षति पुर्‍याउन सकेन, जसको प्रमुख कारण ‘पूर्व सूचना’ रहेको हो। “सबैभन्दा महत्वपूर्ण कुरा, उनीहरूले आफ्नो झोंक फालिसकेका छन्,” उनले लेखे, “आशा छ अब थप घृणा हुने छैन।”

ट्रम्पले इरानलाई क्षेत्रीय शान्ति र सौहार्दतर्फ अघि बढ्न सुझाव दिएका छन्। उनले इजरायललाई पनि त्यही मार्ग अवलम्बन गर्न ‘उत्साहपूर्वक प्रोत्साहित’ गर्ने बताएका छन्।

इरानले अमेरिकी आक्रमणको जवाफस्वरूप कतारस्थित अमेरिकी सैन्य आधार लक्षित गर्दै मिसाइल प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077