Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

इरानी क्षेप्यास्त्र आक्रमणपछि कतारमा स्थिति सामान्य, हवाई सेवा पुनः सञ्चालन

इरानी क्षेप्यास्त्र आक्रमणपछि कतारमा स्थिति सामान्य, हवाई सेवा पुनः सञ्चालन

मंगलवार , आषाढ १०, २०८२

एजेन्सी । इरानले कतारमा रहेको अमेरिकाको अल उदेद एयर बेसमा प्रहार गरेको क्षेप्यास्त्र आक्रमणपछि कतारको जनजीवन सामान्य बन्दै गएको छ ।

कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीका अनुसार हिजो बेलुकीको आक्रमणपछि जनजीवन सामान्य हुँदै गएको हो ।

कतारले अहिले कुनै गम्भीर खतरा नरहेको भन्दै त्रसित नहुन आफ्ना नागरिकलाई भनेको छ । जनजीवन सामान्य बन्दै गएपछि हवाईमार्ग पनि खुला गरिएको छ । इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको थियो ।

इरानले अमेरिकी आणविक साइटमाथिको हमलाको जवाफस्वरूप कम्तीमा छ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । तीमध्ये एक मात्रै बेसभित्र खसेको र अरू सबै कतारको वायु प्रतिरक्षा प्रणालीले रोक्न सफल भएको कतारी अधिकारीहरुले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077