Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेपाल प्रहरीको बेथिती सशस्त्र प्रहरीमाः एउटा जिल्लाबाट अर्को जिल्ला इन्चार्जमा सरुवा

नेपाल प्रहरीको बेथिती सशस्त्र प्रहरीमाः एउटा जिल्लाबाट अर्को जिल्ला इन्चार्जमा सरुवा

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । एउटा जिल्ला इन्चार्जबाट अर्को जिल्ला इन्चार्जमा सरुवा गर्ने बिकृती नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा सरेको छ । गत शुक्रबार सशस्त्र प्रहरीका एक एसपीलाई महोत्तरीको गणबाट पर्साको गणमा सरुवा गरिएको छ ।

एसपी पुरनचन्द्र भट्टलाई पर्सामा सरुवा गरिएको हो । भट्ट महोत्तरी गएको करिब ५ महिना भएको थियो। तर, त्यहाँको कमाईले नपुगेपछि उनी पर्सा गएका हुन्।

उनी गृहमन्त्री रमेश लेखकका जिल्लावासी हुन्। सशस्त्र प्रहरी यसरी पहिलो पटक तराईको एउटा जिल्लाको गणबाट अर्को जिल्लाको गण इन्चार्जमा सरुवा भएको सशस्त्र प्रहरी अधिकारी बताउँछन् ।

संयोग कस्तो भने नेपाल प्रहरीमा पनि पर्सा जानकै लागि एउटा जिल्लाबाट अर्को जिल्ला इन्चार्ज बनाइएको थियो। एसपी गौतम मिश्रलाई चितवनबाट पर्सा पठाइएको थियो। पछि एसपी राजन लिम्बुलाई पनि चितवनबाट झापामा सरुवा गरिएको थियो ।

यही विकृती सशस्त्र प्रहरीमा पनि सरेको छ । सशस्त्र प्रहरी नेतृत्वले सरुवामा सिष्टम बनाएको बताएपनि यही घटनाले सबै सिष्टम भत्किएको छ । गृहमन्त्रीलाई खुशी बनाउन भएको यो निर्णयसले सशस्त्र प्रहरीमा चरम असन्तुष्टि देखिएको छ ।

पर्सामा कार्यरत एसपी राधेश्याम धितालको प्रधान कार्यालयमा सरुवा भएको छ । त्यस्तै, महोत्तरीमा भने एसपी शेरबहादुर अधिकारीलाई पठाइएको स्रोत बताउँछ ।

पछिल्लो समय तराईका जिल्लाहरुमा सशस्त्र प्रहरीको असुली बढेको छ । गृह मन्त्रालयले नै छानी छानी आफ्नो मान्छेलाई पठाएपछि तस्करी बढेको बताइएको छ । जसमा सशस्त्र प्रहरी नेतृत्व पनि निरिह बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077