काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो मंसिरभित्र दैलेखमा मिथेन ग्यासको परीक्षण उत्पादन शुरू हुने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफका क्रममा ओलीले मंसिरमा परीक्षण उत्पादन हुने बताएका हुन् ।
आगामी आर्थिक वर्षमा व्यावसायिक उत्पादन शुरू गरिने पनि उनले बताए ।
‘दैलेखमा १ सय १२ अर्ब घनमिटर मिथेन ग्यास भेटिएको कुरा छ । यसको परीक्षण उत्पादन मंसिरभित्रमा हुनेछ, व्यावसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र हुनेछ । सदुपयोग पनि गरिने छ’, ओलीले भने ।
अन्वेषण गरेको चिनियाँ कम्पनीले दैलेखमा मिथेन ग्यास रहेको पुष्टि गरेको थियो ।