Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सशस्त्रको असईमा नाम निकालिदिने भन्दै झण्डै ५ लाख ठगी गर्ने पक्राउ

सशस्त्रको असईमा नाम निकालिदिने भन्दै झण्डै ५ लाख ठगी गर्ने पक्राउ

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालमा सहायक निरीक्षक (असई) पदमा नाम निकालिदिने भन्दै झण्डै पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१५ निवासी ४७ वर्षीय सोम कौशिक क्षेत्रीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो ।

उनले असईमा नाम निकालिदिन्छु भन्दै पीडितसँग ई–सेवा आईडी र विभिन्न बैंक खातामार्फत गरी कुल ४ लाख ९१ हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

ठगीको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट असार ८ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसअनुसार खटिएको प्रहरी टोलीले सोमबार उनलाई नागार्जुन नगरपालिका–७, रामकोटबाट पक्राउ गरेको हो ।

पक्राउ परेका क्षेत्रीमाथि ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी काजी कुमार आचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077