Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

युद्धविराम उल्लंघनमा ट्रम्पको आक्रोश : इजरायल–इरान दुवैलाई चेतावनी

युद्धविराम उल्लंघनमा ट्रम्पको आक्रोश : इजरायल–इरान दुवैलाई चेतावनी

मंगलवार , आषाढ १०, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान दुवै पक्षले युद्धविराम उल्लंघन गरेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

नेदरल्यान्ड्समा हुन लागेको नेटो शिखर सम्मेलनमा सहभागी हुन जाँदै गर्दा पत्रकारहरूसँग प्रतिक्रिया दिँदै ट्रम्पले इजरायलप्रति समेत आक्रोश पोखेका हुन् ।

युद्धविराम सम्झौता भएको केही घण्टामै इजरायलले आक्रमण गरेकोप्रति उनले कडा आलोचना गर्दै इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग टेलिफोन संवाद गरेका छन् । ह्वाइट हाउस स्रोतका अनुसार ट्रम्पले नेतन्याहुलाई सिधा र स्पष्ट सन्देश दिएका छन् ।

यसअघि इजरायलले इरानले युद्धविराम भंग गरेको भन्दै तेहरानमाथि हमला गरेको थियो। तर, इरानी सेनाले आफूहरूले कुनै युद्धविराम उल्लंघन नगरेको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077