काठमाडौँ । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको हो ।
पछिल्लो पटक २०८० साल वैशाख २१ गतेदेखि कोरोना सङ्क्रमणका कारण कसैको मृत्यु भएको थिएन ।
महाशाखाको तथ्याङ्क अनुसार २४ घण्टामा सात जनामा कोरोना पुष्टि भएको मध्ये एक जना सङ्क्रमितको मृत्यु भएको हो । नेपालमा पुस यता २५ जिल्लाबाट १८७ जनामा कोरोना पुष्टि भएका छन् ।