एजेन्सी । इरानका तीन प्रमुख आणविक स्थलहरूमा अमेरिकी हवाई आक्रमणपछि ४०० किलो समृद्ध युरेनियम भण्डार गायब भएको खुलासा भएको छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यो युरेनियम मात्रा १० वटा आणविक बम बनाउन पर्याप्त भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
भान्सका अनुसार आक्रमणअघि नै यो युरेनियम सुरक्षित स्थानमा सारिएको हुन सक्ने अनुमान गरिएको छ। ‘हामी आगामी हप्ताहरूमा इरानसँग वार्ता गर्दै हराएको इन्धनको अवस्थाबारे स्पष्टता खोज्नेछौं,’ उनले भने ।
भान्सले अमेरिकी कारबाहीको मुख्य निशाना फोर्डो आणविक साइट भएको पुष्टि गर्दै त्यहाँ गम्भीर क्षति पुगेको दाबी गरे। अन्य आणविक स्थलहरू पनि क्षतिग्रस्त हुन सक्ने अनुमान छ, तर यकिन पुष्टि भने भइसकेको छैन ।