Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

युद्धविराममा कूटनीतिक भूमिका खेलेकोमा कतारलाई इरानले दियो धन्यवाद

युद्धविराममा कूटनीतिक भूमिका खेलेकोमा कतारलाई इरानले दियो धन्यवाद

बुधवार , आषाढ ११, २०८२

एजेन्सी । संयुक्त राष्ट्रसंघका लागि इरानका स्थायी प्रतिनिधि अमिर–सईद इरावनीले इरान–इजरायल युद्धविराममा कतारले खेलेको कूटनीतिक भूमिकाको खुलेर प्रशंसा गरेका छन् ।

मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा बोल्दै इरावनीले युद्धविराममा कतारले खेलेको कूटनीतिक भूमिकाको लागि धन्यवाद दिएका हुन् ।

उनले भने, “इजरायली आक्रमण अन्त्य गर्न, युद्धविराम स्थापना गर्न र क्षेत्रीय तनावलाई नियन्त्रणमा राख्न कतारले देखाएको इमान्दार प्रयासप्रति हामी आभारी छौँ।”

यो अभिव्यक्ति इरानले खाडी क्षेत्रको अमेरिकी हवाई अड्डामा आक्रमण गरेको भोलिपल्ट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077