Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आईजीपी थापाले भने - बलात्कार मुद्दामा सफाइ पाएका व्यक्तिसँग प्रहरीको तस्बिरबारे छानबिन हुँदैछ

आईजीपी थापाले भने - बलात्कार मुद्दामा सफाइ पाएका व्यक्तिसँग प्रहरीको तस्बिरबारे छानबिन हुँदैछ

बुधवार , आषाढ ११, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले बलात्कार मुद्दामा सफाइ पाएका व्यक्तिसँग प्रहरी कर्मचारीको जन्मदिन मनाइएको घटनाबारे छानबिन गर्न निर्देशन दिएका छन् ।

सप्तरीको राजविराज–६ का आकाश आदर्श जिल्ला अदालतबाट बलात्कार मुद्दामा सफाइ पाएपछि भोलिपल्टै डीएसपी जितेन्द्रकुमार बस्नेतको क्वार्टरमा आयोजित जन्मदिन पार्टीमा सहभागी भएको विषय सार्वजनिक भएपछि आईजीपी थापाले बुधबार मधेस प्रदेश प्रहरी कार्यालयलाई तत्काल छानबिन गर्न आदेश दिएका हुन् ।

मधेस प्रदेश प्रहरी कार्यालयले छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा ३ सदस्यीय टोलीलाई जिम्मेवारी दिइएको बताइएको छ ।

बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति रामहरि खतिवडाले उक्त घटनाबारे आईजीपी थापासँग प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिँदै आईजीपी थापाले भने, ‘डीएसपीको क्वार्टरमा खिचिएको तस्बिर पुरानै रहेछ, तर पत्रिकामा आज प्रकाशित भएकोले हामीले गम्भीरतापूर्वक लिएको छौं । मैले मधेस प्रदेश प्रहरी कार्यालयलाई आवश्यक छानबिन गर्न निर्देशन दिइसकेको छु ।’

गत जेठ ४ गते जिल्ला अदालत सप्तरीले आकाश आदर्शलाई बलात्कार आरोपमा सफाइ दिएको थियो । त्यसको भोलिपल्ट प्रहरी अधिकारीको क्वार्टरमा भएको पार्टीमा उनको उपस्थिति देखिएको तस्बिर सार्वजनिक भएपछि आशंका व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077