Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

एमपीएका नक्कली परीक्षार्थी पक्राउ

एमपीएका नक्कली परीक्षार्थी पक्राउ

बुधवार , आषाढ ११, २०८२

काठमाडौं । कुलेश्वरमा रहेको जनप्रशासन क्याम्पसमा एमपीए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायाको तर्फबाट परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका-८ घर भइ काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने वर्ष २६ वर्षीय केशव रोकाया रहेका छन् । 

उनलाई मंगलबार प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

रोकायामाथि आवश्यक अनुसन्धान तथा कारबाही गरिदिन हुन भन्दै जनप्रशासन क्याम्पसले प्रहरीलाई पत्राचार गरेको थियो ।

पक्राउ परेका रोकायामाथि शिक्षा सम्बन्धी ऐन कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ५ (पाँच)को म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077