काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको थुनछेक बहस सकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएपछि बुधबार आफैँ अदालतमा हाजिर हुन पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालको आजै (बुधबार) बयान सकेर थुनछेक बहस भएको हो ।
बहस सकिएसँगै आजै आदेश हुने विशेष अदालत इजलासले जनाएको छ ।
थुनछेक बहसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, विशेष सरकारी वकिल कार्यालयका प्रमुख मोहनसागर बस्याल, विशेष सरकारी वकिलकै भगवती गौतम, उमाकान्त पौडेल र ज्ञानप्रसाद भुसालले बहस गरेका थिए ।
नेपालका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्दप्रसाद बन्दी, खम्बबहादुर खाती, रमन श्रेष्ठ, दिनेश त्रिपाठी, टीकाराम भट्टराईसहितले बहस गरेका थिए ।