Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

हिल्टन होटलबारे स्टाटस लेखेका केसी २५ हजार धरौटीमा रिहा

हिल्टन होटलबारे स्टाटस लेखेका केसी २५ हजार धरौटीमा रिहा

बुधवार , आषाढ ११, २०८२

काठमाडौं । हिल्टन होटल खरिदबारे सामाजिक सञ्जाल फेसबुकमा लेखेकै आधारमा पक्राउ परेका राप्रपाका युवा नेता सुजित केसी २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

बुधबार काठमाडौं जिल्ला अदालतले न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासबाट धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठका अनुसार केसीलाई आजै २५ हजार धरौटी बुझाएर छुटाइएको छ ।

केसी राप्रपासम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक हुन् ।

उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम जोडेर काठमाडौंस्थित पाँचतारे होटल हिल्टनको खरिद सम्बन्धमा फेसबुकमा स्टाटस लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077