Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रलोभनमा पारी फेसबुकमार्फत ६२ लाख ठगी, कुशेश्वर मेहता पक्राउ

प्रलोभनमा पारी फेसबुकमार्फत ६२ लाख ठगी, कुशेश्वर मेहता पक्राउ

बुधवार , आषाढ ११, २०८२

सुनसरी । सामाजिक सञ्जाल फेसबुकमार्फत् ६२ लाख ७५ हजार २०० ठगी गरेका युवकलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।

लामो समयदेखि फरार रहेका देवानगञ्ज गाउँपालिका–१ का २० वर्षीय कुशेश्वर मेहतालाई जिल्ला प्रहरी कार्यालयको टोलीले मंलबार साँझ सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल–भारत सीमा क्षेत्र नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

उनले ‘भानिदा सुवन’ नामको नक्कली फेसबुक आईडी बनाइ आफूलाई ‘फुइङ भानिदा’ नामक थाइल्याण्डको नागरिक सीएम कमर्सियल बैंकका मेनेजर भएको परिचय दिँदै आएका थिए ।

उनले आफ्नो परिचय दिँदै एलेन अर्बी शाही नामक व्यक्तिको सो बैंकमा खाता रहेको, निजको कोही पनि नातेदार नभएको र पीडित कुर्मराज शाहीको जात मिल्ने भएकाले सो खातामा रहेको सम्पूर्ण रकम तपाईंको नाममा राखिदिन्छु भनी झुठ्ठा प्रलोभन देखाउँदै रकम ठगी गरेको आरोप छ ।

प्रलोभनमा परी पीडित कुर्मराज शाहीले विभिन्न मितिमा मेहताको नाममा रहेको बैंक खातामा जम्मा ६२ लाख ७५ हजार २०० पठाएका थिए । अनुसन्धानका क्रममा पीडितलाई झुटो विश्वास दिलाइ ठगी गरिएको पुष्टि भएको सुनसरी प्रहरीले जनाएको छ ।

पक्राउ परेका मेहतालाई थप अनुसन्धान र आवश्यक कानूनी कारबाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटी, काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077