Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

इरानको फोर्दो परमाणु परिसर पूर्णरूपमा निष्क्रिय भएको इजरायलको दाबी

इरानको फोर्दो परमाणु परिसर पूर्णरूपमा निष्क्रिय भएको इजरायलको दाबी

बिहिवार , आषाढ १२, २०८२

एजेन्सी । इजरायलले अमेरिकी हमलाहरूपछि इरानको फोर्दो परमाणु परिसर निष्क्रिय भएको दाबी गरेको छ ।

इजरायल सरकारको परमाणु संस्थाले अमेरिका र इजरायलद्वारा गरिएको हवाई आक्रमणपछि इरानको फोर्दोस्थित मुख्य परमाणु परिसर पूर्णरूपमा निष्क्रिय भएको दाबी गरेको हो ।

इजरायल एटमिक एनर्जी कमिसनले भन्यो, “हमलाहरूले परिसरका आधारभूत संरचनाहरूलाई ध्वस्त पारेको छ । अमेरिकी र इजरायली हमलाहरूका कारण इरानको परमाणु हतियार विकास गर्ने क्षमता धेरै वर्ष पछाडि धकेलिएको छ ।”

यद्यपि, इरानको परमाणु प्रतिष्ठानहरूमा भएको हमलाबारे पेन्टागनको चुहिएको प्रारम्भिक गुप्तचर मूल्यांकन प्रतिवेदनमा इरानको परमाणु कार्यक्रम नष्ट नभएको र सम्भवतः यो अधिकतम केही महिनामात्र पछाडि धकेलिएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077