Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भारततर्फ तस्करी हुँदै गरेको ३१७ किलो चरेससहित ट्रक चालक पक्राउ

भारततर्फ तस्करी हुँदै गरेको ३१७ किलो चरेससहित ट्रक चालक पक्राउ

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं । प्रहरीले बुधबार राती ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ ।

प्रहरीले पर्साको परवानीपुरबाट करिब ३१७ किलो चरेस बरामद गरेको हो । यद्यपी प्रहरीले अहिलेसम्म सार्वजनिक भने गरेको छैन ।

परवानीपुरबाट वीरगन्जस्थित सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट उक्त चरेस बरामद गरिएको प्रहरी स्रोतको दावी छ ।

स्रोतका अनुसार बरामद उक्त चरेस भारततर्फ लैजान लागिएको थियो ।

चरेससहित प्रहरीले ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077