Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

लागूऔषध नियन्त्रणमा सबैको ऐक्यबद्धता आवश्यक छ : आईजीपी थापा

लागूऔषध नियन्त्रणमा सबैको ऐक्यबद्धता आवश्यक छ : आईजीपी थापा

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले काठमाडौं उपत्यकामा लागूऔषधको बिगबिगी बढिरहेको बताएका छन् ।

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सबैको ऐक्यबद्धता भए लागूऔषध दुर्व्यसनी नियन्त्रण गर्न सफल हुने पनि बताए ।

लागूऔषधको न्युनिकरण, रोकथाम र नियन्त्रणको विषय गम्भीर बन्दै गइरहेको बताउँलै उनले लागूऔषधको नियन्त्रण र निवारणमा समयमै सबै एकजुट हुन नसके उत्पादनशील र सिर्जनशील युवा जनशक्ति गुमाउनुपर्ने अवस्था आउने बताए।

कार्यक्रममा उनले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर लागूऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेको बताए।

आईजीपी थापाले सबै पालिका, सबै तहतप्का र विद्यालय तहमा लागूऔषध विरुद्धको अभियानमा सचेतनामुलक कार्यक्रम लिएर अघि बढिरहेको बताए।

लागूऔषधको डिमाण्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर योजना बनाइ अघि बढ्न जरुरी रहेको आईजीपी थापाको भनाई थियो ।

नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आ.व.मा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागूपदार्थ ५३ प्रतिशतले बढी बरामद गरेको जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077