Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

लागूऔषध नियन्त्रण गर्न छुट्टै विभाग स्थापना हुन्छ : गृहमन्त्री

लागूऔषध नियन्त्रण गर्न छुट्टै विभाग स्थापना हुन्छ : गृहमन्त्री

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने बताएका छन्।

आज काठमाडौं आयोजित लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लेखकले आगामी आर्थिक वर्षभित्र लागूऔषध नियन्त्रण विभाग स्थापना गर्ने बताएका हुन्।

गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रण विभाग स्थापना गर्ने बताएका हुन्।

लागूऔषधसेवन दुर्व्यसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबरक्राइमलगायतका घटनाहरु बढ्दै गएको बताउँदै उनले भने–‘मुख्य विषय भनेको यसको रोकथाम हो। जनचेतना महत्वपूर्ण विषय हो। लागूऔषधको दुरुपयोगले समाजलाई समाजलाई भयावह ढंगले प्रभावित गरेको छ।लागूऔषध नियन्त्रणकालागि समाज, घर, टोल र विद्यालयसम्म पुगेर सचेतनामुलक कार्यक्रम आवश्यक छ।’

लागूऔषध नियन्त्रणको अभियानमा सहयोग गर्न आग्रह गर्दै मन्त्री लेखकले सरकारको प्रयासले मात्रै नियन्त्रण कठिन रहेको बताए।‘

उनले भने–‘एक लाख ३४ हजार जना लागूऔषध सेवन कर्ता रहेको तथ्याङ्क छ। समाज नराम्रोसित प्रभावित हुँदैछ।मुलुकभरका कारगाराका कैदीबन्दीहरुमध्ये दोस्रो ठूलो संख्यामा लागूऔषध दुर्व्यसन, ओसारपसार, भण्डार गर्नेहरुको संख्या छ। यसबाट पनि यसको अवस्था प्रष्ट हुन्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077