Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नेतान्याहुको भ्रष्टाचार सम्बन्धी मुद्दा तत्काल खारेज गरिनुपर्छ : डोनाल्ड ट्रम्प

नेतान्याहुको भ्रष्टाचार सम्बन्धी मुद्दा तत्काल खारेज गरिनुपर्छ : डोनाल्ड ट्रम्प

बिहिवार , आषाढ १२, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि जारी भ्रष्टाचार सम्बन्धी मुद्दा खारेज गर्न सार्वजनिक आह्वान गरेका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो आह्वान गरेका हुन् । ट्रम्पले उक्त मुद्दालाई ‘डायनसिकार’ शैलीको अनुसन्धान भन्दै नेतान्याहुले इजरायलका लागि गरेका योगदानको सन्दर्भमा माफी उपयुक्त हुने तर्क गरे ।

नेतान्याहुमाथि २०१९ मा घुस, ठगी र विश्वासको उल्लंघनसम्बन्धी आरोपमा अभियोग दर्ता भएको थियो । उनीमाथि तीनवटा फरक आपराधिक मुद्दा छन्, जसको सुनुवाइ सन् २०२० बाट शुरू भएको हो। नेतान्याहुले सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्।

‘नेतान्याहुको मुद्दा तत्काल खारेज गरिनुपर्छ, वा उनलाई क्षमादान दिइनुपर्छ। उनले इजरायलका लागि अतुलनीय योगदान दिएका छन्,’ राष्ट्रपति ट्रम्पले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077