Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

जहाँ डीएसपी बराल, त्यहाँ चेतनामूलक कार्यक्रम : दैलेखमा लागुऔषधविरुद्धको अभियान समापन

जहाँ डीएसपी बराल, त्यहाँ चेतनामूलक कार्यक्रम : दैलेखमा लागुऔषधविरुद्धको अभियान समापन

बिहिवार , आषाढ १२, २०८२

दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले सुरु गरेको सप्ताहव्यापी लागुऔषध दुरुपयोग एवं ओसारपसारविरुद्धको अभियान आज (बिहीबार) सकिएको छ ।

दैलेख प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर बरालका अनसार यहीँ असार ६ गतेदेखि सुरुवात गरिएको सप्ताहव्यापी अभियान बिहीबार एक भव्य समारोहकाबीच समापन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा जिल्ला प्रहरी कार्यालय, नारायण नगरपालिका, सामाजिक विकास कार्यालय, पूर्वाधार कार्यालय, सोसेक नेपाल, औषधी व्यवसायी संघ, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ र विभिन्न स्कुल तथा क्याम्पसको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको थियो ।

जस अन्तर्गत असार ६ गते अभियान सुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो भने ७ गते पत्रकार महासंघ दैलेखद्धारा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक गणेश बहादुर बराल र स्वास्थ्य सेवा कार्यालय दैलेखका डा. मनोज विश्वक्रर्मासँग गरिएको रेडियो संवाद कार्यक्रम प्रसारण गरिएको थियो ।

यस्तै ८ र ९ गते जिल्लाका ४० भन्दा बढी विद्यालयमा अभिभावक र विद्यार्थी लक्षित सचेतनामूलक कक्षा, पर्चा–पम्प्लेट वितरण तथा सार्वजनिकस्थलमा होर्डिङ बोर्ड राख्ने अभियान चलाइयो ।

१० गते औषधी तथा होटल व्यवसायीहरूसँग अन्तरक्रिया गरी लागुऔषधको अवैध विक्री वितरणबारे गम्भीर छलफल गरिएको डीएसपी बरालले जानकारी दिए । यसैगरी ११ गते त्रिभुवन मावि नयाँ बजारमा ‘लागुऔषध दुर्व्यसनमुक्त समाज निर्माणमा युवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । जसमा उत्कृष्ट ४ विद्यार्थी पुरस्कृत भएका थिए ।

साँझ ८ बजे देबकोटा चोकमा सचेतनामूलक भिडियो प्रदर्शन गरिएको थियो भने १२ गते बिहान लागुऔषध दुर्व्यसनी एवम् ओसारपोसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रभातफेरीसहित नारायण मन्दिर–देवकोटा चोकसम्म सचेतनामूलक ¥याली निकालिएको थियो ।

प्रहरी नायब उपरीक्षक बरालले कार्यक्रमको समापन समारोहमा अभियानको प्रभावकारीता प्रस्तुत गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे।

कार्यक्रमले अभिभावकहरूलाई विशेष जिम्मेवारी बोध गराउँदै बालबालिकाको निगरानी गर्न, लागुऔषध सेवनकर्ता पत्ता लगाई स्वास्थ्य तथा मनोपरामर्श सहयोग गर्न, कारोबारमा संलग्नमाथि कानुनी कारबाही गर्न र प्रविधिमार्फत चेकजाँच प्रणाली लागू गर्नुपर्ने सुझावहरुलाई उजागर गरेको बताइएको छ ।

केही महिना अघि दैलेख प्रहरीको कमाण्ड सम्हालेका डीएसपी बरालले जिल्लामा रचनात्मक कामको थालनी गरेका छन् । उनले कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतिको जिम्मेवारी सम्हालेका बेला पनि आफ्नो एरियामा जनचेतनामुलक कार्यक्रम गर्दै समाजमा चेतना फैलाउने काम गरेका थिए ।

उनले मालाखेति प्रहरीको जिम्मेवारीमा रहँदा उत्कृष्ट कार्य सम्पादन गरेका थिए । अहिले पनि दैलेखमा उनले सोही लय समातेका छन् । जिल्लाको जिम्मेवारी सम्हालेको केही महिनामा मै विभिन्न अभियान सञ्चालन गरिरहेका छन् । ‘जहाँ डीएसपी बराल, त्यहाँ चेतनामूलक कार्यक्रम’ भने जस्तै हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077