Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

दृष्टिका सञ्चालक श्रेष्ठ र सम्पादक सुब्बालाई जनही २५ हजार धरौटीमा छोड्न आदेश

दृष्टिका सञ्चालक श्रेष्ठ र सम्पादक सुब्बालाई जनही २५ हजार धरौटीमा छोड्न आदेश

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं । विशेष अदालतले दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्यूज डटकमका सम्पादक एमपी सुब्बालाई जनही २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको बृहत् इजलासले बिहीबार श्रेष्ठ र सुब्बालाई धरौटीमा छाड्न आदेश गरेको हो ।

अवहेलना मुद्दामा यसअघि ३ दिनभित्र विशेष अदालतमा उपस्थित हुन श्रेष्ठ र सुब्बालाई आदेश दिइएको थियो ।

दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायी दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका बहस गरेका थिए । इजसालले आउँदो असार १५ मा साक्षी बकपत्रका लागि समय तोकेको छ ।

दृष्टि न्यूजमा गत असार ८ गते ’विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकाशित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077