Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

शंकर पोखरेलको आरोप - एमालेमाथि हमला गर्ने रास्वपा र बालेन शाहहरू हुन्

शंकर पोखरेलको आरोप - एमालेमाथि हमला गर्ने रास्वपा र बालेन शाहहरू हुन्

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी माथि चार वटा शक्तिले हमला गरिरहेको आरोप लगाएका छन् ।

एमाले काठमाडौं जिल्ला कमिटीको छैटौँ बैठकलाई आज टोखामा सम्बोधन गर्दै महासचिव पोखरेलले राजावादी,माओवादी,समाजवादी पपुलिष्ट र बाह्य शक्तिले साइबर हमला गरिरहेको आरोप लगाएका हुन् ।

एमालेले राष्ट्रहित र जनताका सवाललाई सशक्त ढंगले उठाउँदा यस्तो हमला भएपनि उनीहरूको स्वार्थ पुरा हुन नदिन एमालेले सशक्त प्रतिवाद गर्नुपर्ने उनले बताए ।

महासचिव पोखरेलले एमाले माथि हमला गर्ने तेस्रो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहहरू भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077