Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

युद्धविरामपछि खामेनीको चेतावनी - इरानमाथि पुनः आक्रमण गरे शत्रुहरूले ठूलो मूल्य चुकाउनुपर्नेछ

युद्धविरामपछि खामेनीको चेतावनी - इरानमाथि पुनः आक्रमण गरे शत्रुहरूले ठूलो मूल्य चुकाउनुपर्नेछ

बिहिवार , आषाढ १२, २०८२

एजेन्सी । इरान–इजरायल युद्धविराम घोषणापछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले बिहीबार पहिलो पटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै अमेरिकासहितका देशहरूलाई चेतावनी दिएका छन् ।

बिहीबार आफ्नो पहिलो भिडियो सन्देश जारी गर्दै उनले इरानमाथि पुनः आक्रमण भयो भने शत्रुहरूले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन् ।

खामेनीले स्पष्ट रूपमा भनेका छन्, 'यदि इरानमाथि आक्रमण भयो भने शत्रु र आक्रमणकारीले निश्चित रूपमा ठूलो मूल्य चुकाउनुपर्नेछ ।' यो वक्तव्य इरान–इजरायलबीच १२ दिनसम्म चलेको युद्ध अन्त्य भएको दुई दिनपछि आएको हो ।

'ट्रम्पले इरान आत्मसमर्पण गर्छ भन्ने धारणा राखे तर त्यो 'सानो मुख, ठूलो कुरा' जस्तै हो,' भन्दै उनले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति व्यंग्य पनि गरेका छन् ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ६२७ नागरिकको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077