Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

गाजा पट्टीमा हमासविरुद्धको युद्ध समाप्त गर्न नेतन्याहूलाई ट्रम्पको दबाब

गाजा पट्टीमा हमासविरुद्धको युद्ध समाप्त गर्न नेतन्याहूलाई ट्रम्पको दबाब

शुक्रवार , आषाढ १३, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई गाजा पट्टीमा हमासविरुद्धको युद्ध समाप्त गर्न दबाब दिएका छन् ।

द टाइम्स अफ इजरयालका अनुसार यो दबाब इरानविरुद्धको १२ दिने युद्धको सफलतापछि आएको हो । इजरायलमा पनि यही माग उठिरहेको समाचारमा उल्लेख छ ।

ट्रम्पको नेतन्याहूको फौजदारी मुद्दा रद्द गर्नुपर्ने माग पनि यो प्रयाससँग जोडिएको बताइएको छ ।

“यो गाजामा युद्ध समाप्त गर्ने, सबै बन्धकहरूको रिहाइ, नेतन्याहूको मुद्दा समाप्त गर्ने र गम्भीर क्षेत्रीय कदम चाल्ने ठूलो प्रयासको हिस्सा हो,” नेतन्याहूसँग निकट रहेका एक अधिकारीले भनेका छन् ।

यद्यपि, इजरायल र हमासबीच चलिरहेको युद्धविराम र बन्धक सम्झौता वार्तामा संलग्न मध्यस्थकर्ताहरूले त्यसमा कुनै प्रगति नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077