Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सर्वोच्च नेता खामेनीले भने - इरानले आत्मसमर्पण गर्दैन, अमेरिकाको गालामा थप्पड हान्यौँ

सर्वोच्च नेता खामेनीले भने - इरानले आत्मसमर्पण गर्दैन, अमेरिकाको गालामा थप्पड हान्यौँ

शुक्रवार , आषाढ १३, २०८२

एजेन्सी । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको टिप्पणी गरेका छन् ।

बिहीबार टेलिभिजनमार्फत दिएको आफ्नो पहिलो सम्बोधनमा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले कतारमा रहेको एक प्रमुख अमेरिकी सैन्य अड्डामा गरेको आक्रमणलाई थप्पडको रूपमा उल्लेख गरे ।

‘इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छ,’ खामेनीले भने, ‘हामीले यस क्षेत्रको एक प्रमुख अमेरिकी सैन्य अड्डामा आक्रमण गरेका छौँ।’

उनले चेतावनी दिए कि यदि भविष्यमा अमेरिका आक्रमण गर्छ भने, इरानले जवाफ स्वरूप मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा प्रतिआक्रमण गर्नेछ। खामेनीले इजरायलसँग १२ दिन लामो युद्धपछि भएको युद्ध विरामलाई ‘विजय’ को रूपमा दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077