Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

रास्वपाले बोलायो संसदीय दलको बैठक

रास्वपाले बोलायो संसदीय दलको बैठक

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।

शनिबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक आह्वान भएको हो । बैठक संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दल नेताको कार्यकक्षमा बस्नेछ ।

शनिबार बस्ने प्रतिनिधिसभा बैठकअघि नै रास्वपाका सांसदहरू छलफलमा जुट्न लागेका हुन् ।

बैठकमा भिजिट भिसा काण्डसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा छलफल हुने बताइएको छ ।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै रास्वपाले लगातार संसदमा विरोध जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077