Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

१२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

१२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ ।

भोटेकोशी गाउँपालिका–५ की निशा तामाङको हत्या भएको हो ।

बलात्कारपछि हत्या गरेको उजुरीको आधारमा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए ।

प्रहरीका अनुसार घटना १० असारमा भएको हो । हत्या आरोपीहरुलाई शुक्रबार सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

बालिकालाई घरबाट लगेर पाँच जनाको समूहले बलात्कार पछि हत्या गरेको पाइएको एसपी कार्कीले बताए । नांगो अवस्थामा ती बालिकाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077