Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

वृद्ध यात्रुको झोला चोर्ने भारतीय महिला गिरोह पक्राउ

वृद्ध यात्रुको झोला चोर्ने भारतीय महिला गिरोह पक्राउ

शुक्रवार , आषाढ १३, २०८२

मोरङ । सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने वृद्ध तथा असहाय यात्रुहरूको नगद र गरगहना चोरी गर्दै आएको एक भारतीय महिला गिरोह विराटनगरमा पक्राउ परेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विशेष सूचनाका आधारमा कटहरी गाउँपालिका–१, बुधहाटबाट ती महिलाहरूलाई बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत पूर्णिया जिल्ला निवासी २४ वर्षीया प्रियंका धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी रहेका छन्।

तीनै जना सिटी सफारीमा बसेर विराटनगरबाट कटहरीतर्फ जाँदै गर्दा शंकास्पद देखिएपछि प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उनीहरूको साथबाट तीन लाख रुपैयाँ नगद बरामद गरिएको छ।

अनुसन्धानका क्रममा उनीहरूले कटहरी–४ निवासी ७० वर्षीय नारायणप्रसाद काफ्लेको झोलाबाट रकम चोरी गरेको स्वीकार गरेका छन्। काफ्ले उपचारपछि घर फर्किंदै गर्दा सार्वजनिक गाडीमा यात्रा गरिरहेका थिए।

प्रहरीले जिल्ला अदालत मोरङबाट म्याद लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077