Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

त्रिभुवन विमानस्थलअगाडिको होटलबाट ४७ ग्राम ब्राउनसुगरसहित दुईजना पक्राउ

त्रिभुवन विमानस्थलअगाडिको होटलबाट ४७ ग्राम ब्राउनसुगरसहित दुईजना पक्राउ

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको होटलबाट ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुईजना लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा सिराहा नगरपालिका–८ का ४० वर्षीय मोहम्मद अख्तर मियाँ र धनुषाको कमला नगरपालिका–८ का ४२ वर्षीय सामन यादवलाई पक्राउ गरिएको हो ।

उनीहरू ‘दर्शन नमस्ते इन’ नामक होटलमा लागुऔषधको किनबेचको डिल गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन्। सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी कालीदास धौवजीका अनुसार पक्राउ परेकाहरूको साथबाट ४७.९ ग्राम ब्राउनसुगर, एउटा डिजिटल तराजु, तीनवटा मोबाइल फोन, दुईवटा पासपोर्ट र नगद १२ हजार १७५ रुपैयाँ बरामद गरिएको छ।

प्रहरी अनुसन्धान अनुसार उनीहरूले धनुषाका विभिन्न ठाउँहरूबाट लागुऔषध काठमाडौं ल्याई लामो समयदेखि होटल तथा शंकास्पद स्थानहरूमा बिक्री गर्दै आएका थिए ।

पक्राउ परेका दुबै जनालाई बरामद लागुऔषधसहित आवश्यक अनुसन्धानका लागि सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077