Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

जननेता मदन भण्डारीको जन्मजयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

जननेता मदन भण्डारीको जन्मजयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

शनिवार , आषाढ १४, २०८२

काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको शनिबार ७४ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । नेकपा एमाले पार्टी र सम्बद्ध संघसंगठनले विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन् ।

भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले राष्ट्रिय सभागृह काठमाडौंमा ‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीको आयोजना गरेको छ।

उक्त कार्यक्रममा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति एवम् श्रीमती विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। एमालेले जिल्ला जिल्लामा पनि विभिन्न कार्यक्रम गरेर मदनलाई स्मरण गर्ने जनाएको छ।

वि.सं. २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रुपमा मदन भण्डारीको जन्म भएको थियो ।

वि.सं २०५० जेष्ठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा दासढुङ्गा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो ।
मदन भण्डारीका नाममा फाउन्डेसनदेखि, प्रतिष्ठान, केन्द्र, कलेजलगायत सञ्चालन छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077