Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

यूएईमा नेपाली कामदारको न्यूनतम पारिश्रमिक ५२ हजार रुपैयाँ

यूएईमा नेपाली कामदारको न्यूनतम पारिश्रमिक ५२ हजार रुपैयाँ

शनिवार , आषाढ १४, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली कामदारको न्यूनतम पारिश्रमिक १ हजार ४ सय दिराम तोकिएको छ । अब अदक्ष कामदारलाई १ हजार ४ सय दिरामभन्दा कम तलबमा यूएई नपठाइने भएको हो ।

आवुधाबीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै नेपाल सरकार (मन्त्रीस्तर) ले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २३ ले दिएको अधिकार प्रयोग गरी संयुक्त अरब इमिरेट्समा काम गर्न आउने नेपाली कामदारका लागि ९ असारदेखि लागू हुनेगरी न्यूनतम पारिश्रमिक तोकेकाले सम्बन्धित सरोकारवाला सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको जनाएको छ ।

दूतावासका अनुसार अदक्ष श्रमिकले मासिक न्यूनतम तलब हजार दिराम र खाना खर्च ४ सय दिराम गरेर कम्तीमा १ हजार ४ सय दिराम पाउनुपर्ने भनेको छ ।

२४ जुन २०२५ वा सोभन्दा पछिको मितिमा चेम्बर अफ कमर्समा अभिलेखीकरण भई आउने मागपत्रहरू प्रमाणीकरणका लागि पेस गर्दा अनिवार्य रूपमा संशोधित न्यूनतम तलब कार्यान्वयन गर्नुपर्नेछ र यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गरिने जनाएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077