एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीलाई आफूले अत्यन्त अपमानजनक मृत्युबाट बचाएको दाबी गरेका छन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसलमा पोष्ट गर्दै यस्तो दाबी गरेका हुन् । ट्रम्पले इरानका तीनवटा आणविक केन्द्रहरू नष्ट भएको बताए ।
“उनी कहाँ लुकेका छन् भन्ने मलाई थाहा थियो । म इजरायल वा अमेरिकी सैन्य बललाई उनको हत्या गर्न दिन्नँ । मैले उनलाई अत्यन्त अपमानजनक मृत्युबाट बचाएँ,” ट्रम्पले भनेका छन्, “उनले धन्यवाद, राष्ट्रपति ट्रम्प भन्नु परेन ।”
इजरायलसँगको द्वन्द्वमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले इरानको जित भएको दाबी गरेपछि ट्रम्पले त्यसलाई मुर्खतापूर्ण र झुटो अभिव्यक्ति भनेका छन् ।