Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अमेरिकामा स्वतः जन्मसिद्ध नागरिकता दिने परम्परा अन्त्य हुने

अमेरिकामा स्वतः जन्मसिद्ध नागरिकता दिने परम्परा अन्त्य हुने

शनिवार , आषाढ १४, २०८२

एजेन्सी । अमेरिकामा जन्मिएका सबैलाई स्वतः नागरिकता दिने परम्परा अन्त्य हुने भएको छ । अमेरिकाको सर्वोच्च अदालतले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा एक महत्वपूर्ण फैसला सुनाएको हो ।

अमेरिकामा जन्मिएका कुनै पनि नागरिक स्वतः त्यहाँको नागरिक हुने व्यवस्थाविरुद्ध ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै रोक लगाएका थिए।

उक्त निर्णयलाई तल्लो अदालतका न्यायाधीशहरूले रोक लगाएका थिए। तर, सर्वोच्चले ट्रम्पको जन्मसिद्ध नागरिकताको आदेशमाथि तल्लो अदालतका न्यायाधीशहरूले देशभर प्रभाव पर्ने गरी रोक लगाउन नसक्ने र उनीहरूले आफ्नै आदेशमा पुनर्विचार गर्नुपर्ने फैसला सुनाएको हो।

बीबीसीका अनुसार सर्वोच्चले भनेको छ, ‘तल्लो अदालतका न्यायाधीशहरूले देशभर राष्ट्रपतिको जन्ममा आधारित नागरिकता आदेशलाई रोक्न सक्दैनन्। उनीहरूले आफ्नो आदेशमा पुनर्विचार गर्नुपर्छ।’

ह्वाइट हाउसमा पत्रकारहरूसँग राष्ट्रपतिट्रम्पले यो निर्णयलाई ‘धेरै ठूलो र अद्भुत’ भनेका छन्। उनले यो फैसला संविधान, शक्तिको पृथकीकरण र कानुनको शासनका लागि ‘ऐतिहासिक विजय’ भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077