Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

भूतपूर्व मन्त्री र व्यापारीको सुरक्षामा प्रहरी खटाइनु गैरकानुनी, तत्काल फिर्ता बोलाइयोस् : प्रकाश ज्वाला

भूतपूर्व मन्त्री र व्यापारीको सुरक्षामा प्रहरी खटाइनु गैरकानुनी, तत्काल फिर्ता बोलाइयोस् : प्रकाश ज्वाला

शनिवार , आषाढ १४, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले पूर्वमन्त्री, राजनीतिक दलका नेता तथा व्यापारीहरूको सुरक्षामा सुरक्षाकर्मी खटाइनु गैरकानुनी भन्दै ती सुरक्षाकर्मीहरूलाई तत्काल फिर्ता बोलाउन सरकारसँग माग गरेका छन् ।

शनिबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ज्वालाले हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ठूलो संख्यामा सुरक्षाकर्मीहरू गैरसरकारी व्यक्तिहरूको सुरक्षार्थ परिचालन गरिएको भन्दै आपत्ति जनाए । “भूतपूर्व मन्त्री, नेताहरू र व्यापारीहरूको सुरक्षामा राज्यको स्रोत खर्च गर्नु कानुन विपरीत हो,” उनले भने, “ऐन नियम मिचेर खटाइएका सुरक्षाकर्मी तुरुन्त फिर्ता गर्नुपर्छ।”

उनले गृहमन्त्री समक्ष प्रश्न उठाउँदै कस–कसको सुरक्षामा कति सुरक्षाकर्मी परिचालन गरिएको छ भन्ने विवरण सदनमा स्पष्ट पार्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077