Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नेपाल नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

नेपाल नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

शनिवार , आषाढ १४, २०८२

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभा बैठकबाट पारित भएको छ।

शनिबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले पेस गरेको नेपाल नागरिकता दोस्रो संशोधन विधेयक बहुमतले पारित भएको हो।

त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाली नागरिकलाई नागरिकताविहीन हुनुपर्ने अवस्था अव नरहने बताए।

नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बताउन नयाँ विधेयक ल्याएको उनले बताए। उनले गैरआवासीय नागरिकलाई नागरिकता प्रदान गर्ने सम्बन्धमा छुट्टै कानुन बनाइने उल्लेख गरे।  

प्रतिनिधिसभाका बैठक आइतबार १ बजे बस्ने गरी स्थगित भएको छ। आइतबार बस्ने बैठकमा संघीय निजामती सेवा विधेयक २०८२ लाई पारित गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077