एजेन्सी । इरानमा इजरायलसँगको १२ दिने द्वन्द्वमा मारिएका सैन्य कमान्डर र आणविक वैज्ञानिकसहित करिब ६० जनाको राजकीय अन्त्येष्टि गरिएको छ ।
शनिबार तेहरानको एङ्गेलाब स्क्वायर नजिकै इरानी झण्डाले बेरिएका र मृतक कमान्डरहरूको तस्बिर राखिएका कफिनहरूको वरिपरि ठूलो भीड जम्मा भएको थियो।
अन्त्येष्टिमा सहभागी हुन आएकाहरूको नाराबाजी गर्दै इरानी झण्डा फहराएका थिए र मारिएकाहरूको तस्बिर बोकेका थिए।
यसअघि, सरकारी सञ्चारमाध्यमले मानिसहरूलाई सहभागी हुन आग्रह गरेको थियो भने सरकारले निःशुल्क बस र मेट्रो सेवा उपलब्ध गराएको थियो।
आजका लागि सरकारी कार्यालयहरू बन्द गरिएका थिए। इरानी अधिकारीहरूका अनुसार, द्वन्द्वमा इरानमा कुल ६२७ जनाको मृत्यु भएको छ।