Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

टेरामम्स प्रकरण : पूर्वमन्त्री बस्नेत विशेष अदालतमा हाजिर, बयानपछि आजै थुनछेक बहस

टेरामम्स प्रकरण : पूर्वमन्त्री बस्नेत विशेष अदालतमा हाजिर, बयानपछि आजै थुनछेक बहस

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् ।

पूर्वमन्त्री बस्नेतले विशेष अदालतमा उपस्थित हुन पाँउ भनी निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान हुँदैछ ।

बयान सकिएपछि आजै थुनछेक बहस हुने तयारी छ । बस्नेत सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला उनैको निर्णयबाट टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो ।

मुद्दा दायर भएलगत्तै उनी सांसद पदबाट निलम्बित छन् ।

तत्कालीन मन्त्री बस्नेत नेतृत्वमा नेपाल दुरसञ्चार प्राधिकरणको वार्षिक बजेट र कार्यक्रमबारे छलफल भएको थियो । त्यसपछि प्राधिकरणले बजेट र कार्यक्रम स्विकृत गर्ने प्रस्ताव मन्त्रालयमा पठायो ।

२३ भदौ २०७४ मा मन्त्री बस्नेतले दुरसञ्चार प्राधिकरणको वार्षिक बजेट स्वीकृत गरिएको भनी लेखेका छन् ।

त्यही निर्णयमा एउटा वाक्य घुसाउँदै उनले थपेका छन्–‘यसका साथै इन्टरनेसनल कल मोनिटरिङ र भीओआईपी (भ्वाईस ओभर इन्टरनेट प्रोटोकल, जसलाई बोलीचालीको भाषामा कल बाईपास भनिन्छ), नियन्त्रणका लागि उपयुक्त इक्युपमेन्ट र सिस्टम सञ्चालन गर्ने ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077