काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसरबाट मोबाइल चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा हतकडीसहित फरार भएका छन्।
नीराजनजंग ठकुरी भन्ने दशरथ शाहीलाई अदालतमा बयानको लागि ल्याइएका बेला उनी फरार भएका हुन्।
प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई अनुसन्धान सकेर अदालतमा उपस्थित गराएको थियो।
२१ वर्षीय ठकुरी फरार भएपछि खोजी तीव्र पारिएको काठमाडौं प्रहरी परिसरका प्रवत्ता प्रहरी उपरीक्षक (एसपी)अपिल बोहराले जानकारी दिएका छन्।
हाल प्रहरी टोली उनको खोजीमा खटिएको छ भने घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अदालतको ४ नम्बर इजलासमा थुनछेक बहस भइरहेका बेला पिसाब लाग्यो भन्दै ट्वाइलेट जाने निहुँमा हत्कडीसहित फरार भएका हुन् ।