कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले ६२४ जना प्रहरी जवानहरुको सरुवा गरेको छ ।
कार्यालयका प्रमुख डीआईजी डम्बरबहादुर बिकले आइतबार श्रावण महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरेका हुन् ।
उनीहरुको आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले हेरफेर गरिएका बताइएको छ ।
साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आआफ्नो अभिलेख किताबमा आवश्यक कार्यान्वयन गर्न गराउन हुन तालुक कार्यालय तथा सम्बन्धित कार्यालयहरुलाई समेत अनुरोध गरिएको छ ।