काठमाडौं । काठमाडौंको गौशालामा लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुबईबाट फर्किएका व्यक्तिलाई लुटपाट गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा दक्षिणकालीका ३२ वर्षीय रामबहादुर तामाङ, सिन्धुपाल्चोकका ३० वर्षीय बिपिन लामा, महोत्तरीका विनोद मगर, रामेछापका ३० वर्षीय राजु तामाङ र ३० वर्षीय राजकुमार माझी छन् ।
शुक्रबारसाँझ गौशालाको रून्चेडाँडाको सडकमा उनीहरूको समूहले दुबईबाट फर्किएका व्यक्तिलाई नियन्त्रणमा राखेका थिए ।
डर त्रास देखाएर ती व्यक्तिसँग भएको ४५ हजार रुपैयाँ लुटेका थिए । शुक्रबार साँझ साढे ६ बजेतिर प्रहरीले उनीहरूलाई फेला पारेर नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरूमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।