Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अदालतबाट हतकडीसहित फरार भएका कैदी पुनः पक्राउ

अदालतबाट हतकडीसहित फरार भएका कैदी पुनः पक्राउ

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । अदालतबाट हतकडीसहित फरार भएका थुनुवा पुनः पक्राउ परेका छन् ।

काठमाडौँ अदालतबाट भागेका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १ घर भएका २१ वर्षे निराजन ठकुरीलाई प्रहरीले गंगबुस्थित बिजी मलबाट पक्राउ गरेको हो ।

चोरी मुद्दाका आरोपित उनलाई प्रहरीले थुनछेक बहसका लागि अदालत लगेको थियो । ठकुरी अदालतको शौचालयबाट फरार भएका थिए।

उनी हतकडीसहित बिजी मलबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077