Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रहरीमा असइको भर्ना बन्द गर्ने प्रस्ताव

प्रहरीमा असइको भर्ना बन्द गर्ने प्रस्ताव

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (असइ)को भर्ना बन्द गर्ने प्रस्ताव अघि बढेको छ ।

हाल संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको प्रहरी बिधेयकउपर असईको पदपुर्ती पूर्णरुपमा बढुवाबाट गरेर सइ पदमा भर्ना लिने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

१२ कक्षा उत्तीर्ण गरेकालाई नेपाली सेनाले सहायक सेनानीमा भर्ना लिने गरेको छ । तर, त्यही योग्यता भएकाहरु नेपाल प्रहरीमा भने असईमात्र भर्ना हुने गरेका छन् । सशस्त्र प्रहरी बलले पनि प्रस्तावित बिधेयकमा सइमा भर्ना लिने प्रस्ताव गरेको छ ।

यसो गर्दा तल्लो तहका प्रहरीको बढुवा पनि छिटो हुने र सइमा भर्ना भएकाहरु माथिल्लो तहसम्म पुग्नसक्ने भएकाले भर्नामा पनि आकर्षण बढ्ने सम्भावना छ ।

सो बिधेयकमा वरिष्ठ हवल्दारसम्मको दर्जालाई १६ वर्षमै पेन्सनसहितको अवकाश दिने व्यवस्था पनि छ । त्यस्तै, ३० वर्षे सेवाहद हटाउने विषयमा पनि छलफल चलिरहेको छ ।

राज्य व्यवस्था समितिले छिटो बिधेयक पास गर्नेगरी आइतबारदेखि नियमित छलफल अघि बढाएको छ । संसदको यही अधिवेशनबाट प्रहरी बिधेयक पारित गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077