Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

काठमाडौंबाट पेस्तोलसहित दुईजना समातिए

काठमाडौंबाट पेस्तोलसहित दुईजना समातिए

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । काठमाडौंमा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले सोमबार दिउँसो २ बजेतिर महोत्तरी घर भएका २९ वर्षीय सुरेश कुमार राम र दिनेश कुमार राम पक्राउ परेका हुन् ।

उनीहरूले काठमाडौं-८ तिलगंगास्थित डेरामा कटुवा पेस्तोल एक थान, कटुवा पेस्तोलको म्यागेजिन २ थान, खुकुरी एक थान, मोबाइल २ थान लुकाइराखेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुले किटक्याट लेखेर राखेको बट्टाभित्र ती सामान लुकाएर राखेका थिए ।

पक्राउ परेका उनीहरूमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077