Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

अमेरिका पठाइदिने भन्दै ७५ लाख ठगी, रञ्जन पाण्डे पक्राउ

अमेरिका पठाइदिने भन्दै ७५ लाख ठगी, रञ्जन पाण्डे पक्राउ

सोमवार , आषाढ १६, २०८२

काठमाडौँ । रोजगारीका लागि अमेरिका पठाइ दिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँको व्यास नपा-१२ स्थायी घर भई हाल काठमाडौँ चन्द्रगिरी नपा-७ बस्ने ३० वर्षीय रञ्जन पाण्डे रहेका छन् ।

उनले अमेरिका पठाइ दिनेभन्दै पीडितबाट पचहत्तर लाख पचास हजार रुपियाँ ठगी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अमेरिका लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077