Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

नक्कली प्रहरी बनेर ३ लाख ६४ हजार लुटपाट, दुईजना पक्राउ

नक्कली प्रहरी बनेर ३ लाख ६४ हजार लुटपाट, दुईजना पक्राउ

सोमवार , आषाढ १६, २०८२

मोरङ । ‘जिल्ला प्रहरीबाट आएका हौं’ भन्दै मानिस अपहरण गरी लाखौं रुपैयाँ लुट्ने गिरोहका दुई सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २५ वर्षीय आसिफ अन्सारी रहेका छन् । घटनामा संलग्न तेस्रो व्यक्ति भने फरार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

असार ११ गते बिहान विराटनगर–१३, महतो टोलबाट बैंक जान लागेका विक्रमकुमार साहलाई नक्कली प्रहरी बनेर अपहरण गरी ३ लाख ६४ हजार रुपैयाँ लुटिएको थियो। पाँच दिनको अनुसन्धानपछि मोरङ प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार तीन जनाको समूहले विक्रमलाई ‘प्रहरीबाट खटिएका हौं’ भन्दै समाते । आँखा अस्पताल क्षेत्र हुँदै रेल–वे लाइनतर्फ लैजाँदै जतुवास्थित एकान्त ठाउँमा पुर्‍याई धम्क्याउँदै लुटपाट गरिएको अनुसन्धानबाट खुलेको छ ।

“पछाडि फर्केर हेरे मारिदिन्छौं,” भनेर धम्क्याउँदै विक्रमकुमारसँग रहेको रकम जबर्जस्ती लुटिएको पीडितले बताएका छन्।

घटनामा प्रयोग गरिएको को १४ प ३३३० नम्बरको रातो स्कुटर समेत प्रहरीले बरामद गरेको छ। पीडितबाट लुटिएको नगद भने अझै फेला परेको छैन ।

पक्राउ परेका दुवैजनामाथि शरीर बन्धक बनाई डाँका गरेको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । साथै फरार व्यक्तिको खोजी तीव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077