काठमाडौं । नेपाल प्रहरीका एक हजार ४९७ जना प्रहरी जवानहरु सहायक हवलदारमा बढुवा सिफारिस भएका छन् ।
सोमबार बसेको बढ़ुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका जवानहरुलाई सहायक हवलदारमा बढुवा सिफारिस गरेको हो ।
बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुहोस् बढुवा सिफारिस सूची :