Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

अन्ततः बढ्यो वरिष्ठ सईको तलब

अन्ततः बढ्यो वरिष्ठ सईको तलब

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । लामो संघर्षपछि नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकहरूले दर्जाअनुसारको सुविधा पाउने भएका छन् । बढुवा गरिएको चार वर्षपछि वरिष्ठ सईको तलबमान स्वीकृत गरी सरकारले बजेट निकासा दिएको छ  ।

अर्थ मन्त्रालयले सोमबार बरिष्ठ सईको तलबमानका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको हो। मन्त्रिपरिषद्को बैठकले गत बैशाखमा नै तलबमान स्वीकृती गरेको थियो । तर, अर्थ मन्त्रालयले बजेट निकासा नगर्दा वरिष्ठ सईहरुले ग्रेडअनुसार तलब पाएका थिएनन्।

यससँगै अब वरिष्ठ सईहरुले पाँच ग्रेड पाउने भएका छन्। यसअघि दुई ग्रेड मात्र पाउँदै आएका थिए। जसकारण सइको भन्दा उनीहरुको तलब कम थियो।

दर्जाअनुसारको तलब पाउनका लागि वरिष्ठ सइहरुले चार वर्ष संघर्ष गर्नुपर्यो । उनीहरुले अदालतमा समेत मुद्दा हाले। गत वर्ष साउनमै सर्वोच्च अदालतले सरकारका नाममा परमादेश समेत दिएको थियो ।

करिब एक वर्षपछि सो परमादेश कार्यान्वायन भएको छ। प्रहरीमा जुनियर तहका प्रहरीमाथि राज्यले सधैं उपेक्षा गर्दै आएकोे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077